spot_img

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी पूरा, चार नयाँ मन्त्री आज शपथ ग्रहण गर्दै

spot_img
spot_img

कात्तिक ९, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी पूरा गरेकी छन् । सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन् र उनीहरूले आजै शपथ ग्रहण गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता नयाँ मन्त्रीका रूपमा चयन भएका छन् । गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्रधानमन्त्री कार्कीले चारै जनाको नामावली राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन् । राष्ट्रपति कार्यालयले चाँडै शपथ ग्रहणको समय सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

नयाँ मन्त्रीहरूको समावेशसँगै सरकारको काम कारबाही अझ प्रभावकारी र तीव्र हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय