Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन—जी रेडफोर्स संयोजक तिमिल्सिना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ९ कात्तिक । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन जेन–जी रेडफोर्स की संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्रै रहेको भनिएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत रेडफोर्सका एजेन्डा सार्वजनिक गर्दै संयोजक तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध शंखनाद गर्नेघोषणा गर्दै सम्पूर्ण राजनीतिक दल र नेताहरूलाई जवाफदेही बन्न आग्रह गर्नुभयो।

उहाँले भनिन्,

“माओवादी केन्द्रमा भ्रष्टाचार छैन भनेर म भन्दिन। भ्रष्टाचार छ, त्यसको छानबिन होस्। यदि दोषी भेटिए भने हाम्रा सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत जेल हाल्न सरकारले हिम्मत गर्नुपर्छ।”

तिमिल्सिनाले रेडफोर्सले देशमा फैलिएको सबै प्रकारका भ्रष्टाचार, अनियमितता र गैरजवाफदेहीपनाविरुद्ध अभियान सञ्चालन गर्ने बताउनुभयो। उहाँका अनुसार रेडफोर्स कुनै एक दलको संगठन नभई संपूर्ण वामपन्थी र कम्युनिष्ट विचारधारामा विश्वास गर्ने युवाहरूको साझा संगठन हो।

रेडफोर्सले पत्रकार सम्मेलनमार्फत निम्न मुख्य एजेन्डा र मागहरू अघि सारेको छ —
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने, विज्ञ व्यक्तिहरूबाट मन्त्रीपरिषद् गठन गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, सबै भ्रष्टाचार प्रकरणको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने, संवैधानिक निकाय, विश्वविद्यालय र शैक्षिक संस्थाका पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने, उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने र बन्द अवस्थामा रहेका उद्योग तथा कलकारखानाहरू पुनः सञ्चालन गर्नुपर्ने माग अघि सारिएको छ।

उहाँले रेडफोर्सले मुलुकलाई राजनीतिक अस्थिरता र भ्रष्टाचारबाट मुक्त बनाउन युवा पुस्तालाई एकताबद्ध गराउने लक्ष्य लिएको बताउनुभयो।

“यो देश अब जेन–जी रेडफोर्सले मात्रै बनाउँछ,” — संयोजक तिमिल्सिनाको दाबी।

उहाँका अनुसार निकट भविष्यमा रेडफोर्सले देशव्यापी अभियान र जनजागरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

ताजा समाचार

थप समाचार