spot_img

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमद्वारा कर्मचारीलाई भ्रष्टाचारविरुद्ध कडा निर्देशन

spot_img
spot_img

९ कात्तिक, काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयमा कुनै पनि तहबाट भ्रष्टाचार नहोस् भनी कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएकी छन्।

पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीहरूसँग भएको छलफलमा मन्त्री शर्माले आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्ने आवश्यकतामा जोड दिइन्। उनले भनिन् कि सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउने, काखापाखा गर्ने वा अन्य अनियमित काम भ्रष्टाचारकै हिस्सा हुन् र यस्तो काम गर्नु हुँदैन।

मन्त्री शर्माले भने, “कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन। सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने कार्य भ्रष्टाचारकै अंग हुन्। त्यसकारण हामीले त्यसबाट जोगिनुपर्छ।”

उनले आफ्नो सचिव रहँदा भ्रष्टाचारसँग जुध्ने अनुभव सुनाउँदै, राजनीतिक र प्रशासनिक कार्यबीचको भिन्नता औँल्याइन्। उनका अनुसार प्रशासनिक उपायले राजनीतिक तहको चुनौतीलाई पूरै समाधान गर्न सक्दैन, जसका कारण उनले राजीनामा दिएको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय