spot_img

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहिलो निर्णय: मन्त्रालयका सबै बैठक लाइभ हुने

spot_img
spot_img

९ कात्तिक, काठमाडौं। नयाँ नियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक अब लाइभ प्रसारण गर्ने निर्णय गरेका छन्।

आइतबार पदभार ग्रहण गरेपछि मन्त्री गुप्ताले यस्तो निर्णय गरेका हुन्। उनका अनुसार यस कदमले निर्णय प्रक्रियामा पारदर्शिता बढाउने र युवा तथा खेलकुद क्षेत्रमा सुचना पहुँच सुनिश्चित गर्नेछ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तालाई आइतबार युवा तथा खेलकुदमन्त्रीको रूपमा नियुक्त गरेका हुन्।

मन्त्री गुप्ताको यो पहिलो निर्णयले मन्त्रालयमा पारदर्शिता र जवाफदेहिता कायम गर्न ठोस संकेत दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय