spot_img

पर्साका सिडिओ तोय नारायण सुवेदीको सरुवा, दोलखाका भोला दाहाल पर्सामा जिम्मेवारी सम्हाल्ने

spot_img
spot_img

वीरगञ्ज, ९ कात्तिक । गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिवको एकैपटक सरुवा गर्दै ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।

यस क्रममा पर्साका सिडिओ तोय नारायण सुवेदीको सरुवा भई उनलाई अर्घाखाँची पठाइएको छ। सुवेदीले पर्सामा करिब दुई महिनाअघि मात्र जिम्मेवारी सम्हालेका थिए।

उनको स्थानमा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल पर्साको प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्।

गृह मन्त्रालयको आजको निर्णयसँगै देशभरका विभिन्न जिल्लामा व्यापक प्रशासनिक हेरफेर भएको हो। पर्सामा दाहालको आगमनसँगै प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जाको अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय