spot_img

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

spot_img
spot_img

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–४ साँखर क्षेत्रमा भूकम्प प्रतिरोधकता परीक्षण गर्नुपर्ने भएकाले राति १२ देखि २ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

कार्यालयकी प्रशासकीय अधिकृत सिर्जना रेग्मीका अनुसार परीक्षणका क्रममा सडकको सुरक्षा र स्थायित्व अध्ययन गरिनेछ। सो क्षेत्रमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण आवश्यक रहेको जनाइएको छ।

गत असोज १८ गते सडक भासिएपछि हाल सो खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यसअघि २०७९ जेठ २७ गते पनि सोही ठाउँमा सडक भासिएपछि मर्स्याङ्दी नदीतर्फबाट पर्खाल निर्माण गरिएको थियो।muglin-pokhara-highway

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय