spot_img

मकवानपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु

spot_img
spot_img

हेटौंडा, मकवानपुर — मनहरी गाउँपालिका–७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृतक सिन्धुपालचोक चौतारा–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। स्कुटरमा सवार उनकी २८ वर्षीया पत्नी सरस्वति श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार घाइते दम्पती चितवनस्थित एलाइभ अस्पतालमा उपचाररत छन्। सरस्वतीको अवस्था गम्भीर रहेको र छोरा प्रविनको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

श्रेष्ठ दम्पती र उनका छोरा चितवनबाट हेटौंडातर्फ स्कुटरमा यात्रा गरिरहेका थिए। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–७ लच्कामा चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फबाट आउँदै गरेको एन ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको थियो।

घटनामा संलग्न ग्यास बुलेट चालक भारतको बिहारका ५५ वर्षीय मोहमद मतिनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय