काठमाडौँ — गृह मन्त्रालयले पाँच जना वरिष्ठ प्रहरी वरिष्ठ अधिकृत (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समिति सचिवालयले तयार गरेको सूचीअनुसार पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौँमा अभिनारायण काफ्ले रहेका छन्।
तर गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारी यस सिफारिसमा परेका छैनन्। उनी बढुवाका दाबेदारमध्ये अग्रस्थानमा मानिने गरेका थिए।
यादव गर्दै, २०७८ वैशाख २४ गते भएको एसएसपी बढुवामा पनि अधिकारी पहिलो नम्बरमा थिए। अधिकारी छुटेपछि मन्त्रालयले बाँकी पाँच एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।




