Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

महागढीमाई नगरप्रमुख उपेन्द्र यादवको फेसबुक ह्याक, चरित्र हत्या गर्ने पोस्ट सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको फेसबुक आइडी ह्याक भएको घटना सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल बनेको उक्त घटनापछि यादवले आफूले अर्को पोस्टमार्फत जानकारी दिँदै आफ्नो फेसबुक हैक भएको र चरित्र हत्या गर्ने आपत्तिजनक सामग्रीहरू पोष्ट गरिएको बताएका छन्।

नगरप्रमुख यादवले लेखेका छन्, “कसैले मेरो फेसबुक आइडी हैक गरी मेरो चरित्र हत्या गर्ने खालका पोस्ट गरेका छन्। यो मेरो लेखाइ होइन। जसले यो गरेको हो, उसलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गराइनेछ।”

उनको स्पष्टीकरणपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यस्तो ह्याकिङ घटनालाई निन्दा गर्दै अपराधीलाई छिट्टै पक्राउ गर्न माग गरेका छन्।

यसैबीच, प्रहरी प्रशासनले पनि घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भएको जनाएको छ।
प्रहरीका अनुसार, ह्याकिङ कसरी र कहाँबाट गरिएको हो भन्ने विषयमा प्राविधिक जाँच र साइबर अनुसन्धान अघि बढाइएको छ।

ताजा समाचार

थप समाचार