spot_img

महागढीमाई नगरप्रमुख उपेन्द्र यादवको फेसबुक ह्याक, चरित्र हत्या गर्ने पोस्ट सार्वजनिक

spot_img
spot_img

बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको फेसबुक आइडी ह्याक भएको घटना सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल बनेको उक्त घटनापछि यादवले आफूले अर्को पोस्टमार्फत जानकारी दिँदै आफ्नो फेसबुक हैक भएको र चरित्र हत्या गर्ने आपत्तिजनक सामग्रीहरू पोष्ट गरिएको बताएका छन्।

नगरप्रमुख यादवले लेखेका छन्, “कसैले मेरो फेसबुक आइडी हैक गरी मेरो चरित्र हत्या गर्ने खालका पोस्ट गरेका छन्। यो मेरो लेखाइ होइन। जसले यो गरेको हो, उसलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गराइनेछ।”

उनको स्पष्टीकरणपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यस्तो ह्याकिङ घटनालाई निन्दा गर्दै अपराधीलाई छिट्टै पक्राउ गर्न माग गरेका छन्।

यसैबीच, प्रहरी प्रशासनले पनि घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भएको जनाएको छ।
प्रहरीका अनुसार, ह्याकिङ कसरी र कहाँबाट गरिएको हो भन्ने विषयमा प्राविधिक जाँच र साइबर अनुसन्धान अघि बढाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय