spot_img

लोक आस्थाको पर्व छठको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

spot_img
spot_img

वीरगञ्ज । लोक आस्था, शुद्धता र सूर्य उपासनाको प्रतीक छठ पर्वको आज अत्यन्त महत्वपूर्ण दिन मानिन्छ। आजको दिनलाई सौजका अर्घ्य भनेर चिनिन्छ, जहाँ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पूजा आराधना गर्छन्।

सामान्यतया हिन्दु धर्मावलम्बीहरूले उदाउँदो सूर्यलाई पूजा गर्ने परम्परा रहेपनि, छठ पर्वमा भने अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने विशेष धार्मिक परम्परा रहँदै आएको छ।

षष्ठी तिथिका दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु र उनका परिवारजनहरू प्रसाद सामग्रीसहित नदी, पोखरी र तलाउका घाटमा रातभर विश्राम गर्ने चलन छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ पर्वको विधिवत समापन हुने परम्परा रहेको छ।

आईतबारको खर्ना विधिपछि घरमै पूजापाठ गरी सुरु भएको यस पर्वमा आजदेखि नदी–नाला, तालतलैया र सरोवरका घाटहरूमा पूजा आराधना हुँदैछ। छठको अवसरमा घाटहरू बेहुलीझैं सजाइएका छन् — सफा, सुन्दर र आकर्षक बनाइएका छन्।

यस पर्वमा प्रयोग हुने केरा, उखु, ठकुवा, भुसवा लगायतका सामग्रीहरू स्थानीय स्तरमै उत्पादन भएका प्राकृतिक प्रसादका रूपमा चढाइन्छ।
घरका पुरुषहरू प्रसादका सामग्रीसहित घाटमा पुगिरहेका छन् भने व्रतालु महिलाहरू पनि सूर्य उपासनाको तयारीमा घाटतर्फ निरन्तर पुगिरहेका छन्।

छठ पर्वले सामाजिक एकता, श्रद्धा र प्राकृतिक आस्थाको गहिरो सन्देश दिएको बताइन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय