spot_img

दउरा बोकेर छठ घाट पुगे पूर्वमन्त्री यादव, छठी मातालाई अघ्र्य अर्पण

spot_img
spot_img

जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले आज छठ पर्वको अवसरमा आफ्नो पैतृक गाउँ वीरगञ्ज–२२, मनियारीस्थित छठ घाटमा दउरा लिएर अघ्र्य अर्पण गर्नु भएको छ।

पूर्वमन्त्री यादवले परिवारसँग मिलेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्दै छठी माताको पूजा गर्नु भएको थियो। उहाँले सामाजिक सञ्जालमा दउरा बोकेर घाटतर्फ गइरहेको भिडियो र तस्बिर शेयर गर्दै सम्पूर्ण देशवासीलाई छठको शुभकामना दिनु भएको छ।

उहाँले भन्नु भयो, “छठ हाम्रो लोक आस्था र प्रकृति पूजनको प्रतीक हो। अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दा सम्पूर्ण देशको समृद्धि, सुख–शान्ति र हर्षोल्लासको कामना गर्दछु। जय छठी माई!”

पूर्वमन्त्री यादवले यो पर्वले समाजमा भाइचारा, एकता र प्रेमको भावना बढाउने बताउँदै नयाँ पुस्ताले यसको महत्त्व बुझ्नुपर्ने औँल्याउनुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय