spot_img

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न

spot_img
spot_img

छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न गरिएको छ। चार दिनसम्म निरन्तर श्रद्धा, भक्ति र शुद्धताका साथ मनाइने यो पर्व शनिबारदेखि सुरु भई आज मंगलपूर्णरूपमा समापन भएको हो।

आज बिहानै व्रतालुहरू नदी, पोखरी र छठघाटहरूमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

तराई देखी पहाड सम्म उत्साहपूर्वक मनाइने यो पर्व वीरगञ्जको घडियारवा छठघाट, रानीघाट, र आदर्शनगर लगायतका विभिन्न ठाउँहरूमा भव्य रूपमा सम्पन्न गरिएको छ।

छठको मुख्य दिन सोमबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए भने आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठपर्व औपचारिक रूपमा सम्पन्न भएको हो।

छठ पर्वले मधेशमा सामाजिक एकता, धार्मिक श्रद्धा र सांस्कृतिक समृद्धिको सुन्दर सन्देश फैलाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय