spot_img

भालुको पित्तजसहित दुई जना पक्राउ

spot_img
spot_img

काठमाडौँ, ११ कात्तिक — संरक्षित वन्यजन्तु भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँबाट पक्राउ गरेको छ।

ब्युरोका अनुसार अवैध रूपमा संरक्षित वन्यजन्तुको अंग ओसारपसार र खरिद–बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा मिति २०८२ कात्तिक ९ गते गोकर्णेश्वर नगरपालिका–१, रुप्सेटार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही रहेका छन्।

उनीहरूबाट ५६८ ग्राम तौलको दुई थान भालुको पित्तजस्तो देखिने आखेटोपहार बरामद गरिएको सीआईबीले जनाएको छ। बरामद सामानसहित दुवै जनालाई थप कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय