Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...

आगामी प्रतिनिधि सभा निर्वाचनमा...

काठमाडौं,०३ मंसिर । राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

बागमती सरकारले ७ मन्त्रालय कटौती गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बागमती — बागमती प्रदेश सरकारले खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ। हाल १४ वटा रहेका प्रदेश मन्त्रालयलाई घटाएर सातवटा मात्र राख्ने योजना सरकारले अघि सारेको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको संयुक्त बैठकमा मन्त्रालयको संख्या घटाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ। त्यसपछि सरकारले यस विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ।

“समितिले कुन–कुन मन्त्रालय रहने, कुन समायोजन गर्ने र कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्नेबारे अध्ययन गरिरहेको छ,” मुख्यमन्त्री बानियाँले भने, “हामी केवल मन्त्रालय घटाउने मात्र होइन, यसको व्यवस्थापन र कार्यक्षमता सुधारमा पनि केन्द्रित छौँ।”

मुख्यमन्त्रीका अनुसार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केही दिनअघि मन्त्रालय संख्या घटाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। सो मागपछि सत्तारूढ दलहरूबीच सहमति जुटेपछि मन्त्रालय पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको हो।

“खर्च कटौती र सुशासन हाम्रो प्रमुख प्राथमिकता हो,” मुख्यमन्त्री बानियाँले थपे, “यस विषयमा सबै दलसँग छलफल गरेर साझा धारणा बनाइनेछ र त्यसपछि विज्ञहरूको सल्लाहअनुसार अन्तिम निर्णयमा पुग्नेछ।”

उनका अनुसार मन्त्रालय संख्या घटाउने विषय प्रशासनिक सुधार र वित्तीय अनुशासनसँग जोडिएको भएकाले राजनीतिक सहमतिको आधारमै टुंगो लगाइनेछ।

ताजा समाचार

थप समाचार