spot_img

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा ढिलाइ

spot_img
spot_img

काठमाडौँ — प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएको छ। दृश्यता कमजोर भएकाले हाल इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गतका उडानमात्र सञ्चालनमा छन्।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार केही उडान ढिला भए पनि रद्द गर्नुपर्ने अवस्था छैन। लुक्ला र सिमीकोटलगायत हिमाली विमानस्थलमा पनि उडान प्रभावित भएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले देशका पहाडी र हिमाली भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय