spot_img

दलित महिला छठ पूजा एक्लै मनाउन बाध्य, सामाजिक विभेदको मारमा

spot_img
spot_img

बीरगंज – नेपालमा दलित समुदाय अझै समाजिक विभेदको सामना गर्दैछ।  हालै आयोजित छठ पर्वमा एक दलित महिला अन्य सहभागीहरूबाट अलग भएर तिनले चाडपर्व मनाउन बाध्य भएकी देखिएकी छन् जुन अहिले समाजिक संजालमा भइरल बनेकाे छ। जहाँ अधिकांश मानिस रंगीन टेन्टभित्र पूजा गरिरहेका थिए, उनी बाहिर माटोमै बसेर आफ्ना परम्परागत पूजाका सामग्री राखेर पूजा गर्न बाध्य थिइन्।

यो दृश्यले नेपालको समाजमा दलित महिलाहरूले अझै धार्मिक र सामाजिक अवसरमा भेदभाव भोगिरहनु परेको तथ्य झल्काउँछ। चाडपर्व, धार्मिक कार्यक्रम वा सामाजिक अवसरहरूमा उनीहरूलाई पर धकेल्ने, पानी पिउन नदिने, वा भोजनमा भेदभाव गर्ने घटनाहरू सामान्य बनेका छन्।

विशेषज्ञहरू भन्छन्, “संविधानले दिएको समानता र अधिकार व्यवहारमा अझै कार्यान्वयन हुन सकेको छैन। दलित महिलाहरूलाई सामाजिक र धार्मिक गतिविधिमा सहभागी हुन स्वतन्त्र बनाउनु अब हाम्रो कर्तव्य हो।”

दलित समुदायका अगुवा र नेताहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निभाउन सकेका छैनन्। अधिकारको नाममा संस्था दर्ता गरेर करोडौं रकम उठाइन्छ, तर वास्तविक पीडित आवाजहरू सुन्न सकिँदैन। चुनावको समयमा मात्र दलित घरमा खाजा, चिया र भात लिएर दर्शन गर्ने नेताहरूले असमानताको व्यवहारलाई पुष्टि गर्छन्।

सामाजिक चेतना जगाउने जिम्मेवारी अब सबैको हो। दलित समुदायका युवा, महिला र शिक्षित वर्गले अधिकार प्रयोग गर्नुपर्छ, समानता व्यवहारमा उतार्नुपर्छ। दलितको नाममा राजनीति गर्ने होइन, उनीहरूको हक, अधिकार र सम्मानको लागि सच्चा संघर्ष गर्नु अबको आवश्यकता हो।

धार्मिक र सामाजिक अवसरमा विभेदको अन्त्य गर्दै सबै वर्गका मानिसहरूलाई समान अवसर र सम्मान सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय