spot_img

माधव नेपालका सुरक्षाकर्मी फिर्ता

विशेष अदालतबाट पतञ्जलि जग्गा हिनामिना प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका अध्यक्ष नेपाललाई 'भ्रष्टाचारका अभियुक्त'को हैसियतमा पूर्वप्रधानमन्त्रीको सुविधा दिन नमिल्ने भन्दै यो कदम चालिएको हो

spot_img
spot_img

गृह मन्त्रालय स्रोतका अनुसार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग रहेका सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरिएको छ। गृह मन्त्रालयले गरेको यो निर्णयको पछाडि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीको दुरुपयोग रोक्ने नीतिगत निर्णय गरेको बताइएको छ।

स्रोतका अनुसार, विशेष अदालतबाट पतञ्जलि जग्गा हिनामिना प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका अध्यक्ष नेपाललाई ‘भ्रष्टाचारका अभियुक्त’को हैसियतमा पूर्वप्रधानमन्त्रीको सुविधा दिन नमिल्ने भन्दै यो कदम चालिएको हो।

यसअघि सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको थियो।

यसअघि सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रयोग गर्दै आएका मापदण्ड विपरीतका सुरक्षाकर्मीहरूलाई पनि फिर्ता बोलाएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय