spot_img

कार दुर्घटना हुँदा एकको मृत्यु

spot_img
spot_img

दुधौली, १२ कात्तिक ।
बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

दुर्घटनामा मोरङ विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय चालक ओमबहादुर अर्जेल, उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल सवार थिए।
उद्धारपछि उनीहरूलाई उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे पुर्‍याइएको थियो।

डीएसपी सुवेदीका अनुसार चालक ओमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। उनकी श्रीमती सुनिताको अवस्था गम्भीर छ भने छोरा निशान्तलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण प्राथमिक रूपमा कारको गति र सडक मोड भएको स्थानलाई मानिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय