spot_img

हिमपातपछि १५ सय पर्यटकको नेपाली सेनाद्वारा उद्धार

spot_img
spot_img

मनाङ, १२ कात्तिक । भारी हिमपातका कारण मनाङका विभिन्न क्षेत्रहरूमा फसेका करिब १ हजार ५०० पर्यटकलाई नेपाली सेनाले सुरक्षित उद्धार गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक १० गतेदेखि निरन्तर परेको हिमपातका कारण तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा सयौं पर्यटक अलपत्र परेका थिए।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दासँगको सहकार्यमा फसेकाहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याएको सेनाले जनाएको छ।

उद्धार गरिएका १५ सय मध्ये करिब २०० जना विदेशी नागरिक रहेको पनि सेनाले जानकारी दिएको छ।

सेनाका अनुसार हिमपातका कारण ती क्षेत्रमा यातायात अवरुद्ध भएको र तापक्रम पनि एक्कासी घटेपछि पर्यटकहरू कठिन अवस्थाबाट गुज्रिनु परेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय