spot_img

लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

spot_img
spot_img

काठमाडौँ, १२ कात्तिक । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार सगरमाथा आधार शिविर नजिकै ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट विवेक खड्का मात्र सवार थिए। उनी सकुशल रहेको प्रहरीका डीएसपी कुँवरले जानकारी दिए।

प्रारम्भिक जानकारी अनुसार हेलिकोप्टर पर्यटक उद्धारका लागि गइरहेको थियो। घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय