spot_img

“केपी ओलीका सामु लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ” : माधव नेपाल

spot_img
spot_img

काठमाडौं,१२ कात्तिक ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र देखिएका असन्तुष्टि र एमालेसँग पुनः एकताको कुरा उठाउने नेताहरूलाई कडा चेतावनी दिएका छन्।

बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य नदेख्ने नेताहरूलाई लक्षित गर्दै भने, “एमालेविरुद्ध विद्रोहको औचित्य छैन भन्नेहरू वास्तवमा केपी ओलीका सामु लम्पसार पर्न तयार भएका हुन्। त्यस्ता नेताहरूले जान चाहन्छन् भने जान सक्छन्।”

उनको भनाइ अनुसार, एकीकृत समाजवादी पार्टी गठन गर्नु कुनै गल्ती नभएको र पार्टीले राजनीतिक विचार र मूल्यको रक्षा गर्नका लागि विद्रोहको बाटो रोजेको स्पष्ट गरेका छन्। “हाम्रो विद्रोहको औचित्य पुष्टि भइसकेको छ। अहिले पनि चुनौतीहरू छन्, तर हामी त्यसको सामना गर्न तयार छौं,” नेपालले भने। बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका केही नेताहरूले एमालेसँगको विभाजनको औचित्यबारे प्रश्न उठाएपछि अध्यक्ष नेपालले ती नेताहरूको जवाफमा यो टिप्पणी गरेका हुन्। नेपालले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनका तयारीलाई मुख्य कार्यसूचीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार, “एकीकृत समाजवादी अब सुदृढ विचार, संगठन र जनआधारका साथ अघि बढ्नेछ, कुनै भ्रममा पर्ने अवस्था छैन।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय