spot_img

जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियारसहित ४ युवक पक्राउ

spot_img
spot_img

काठमाडौं,१२ कात्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका–५ का २५ वर्षीय सुजन वाइबा, कञ्चनपुरका २० वर्षीय विकास आग्री, दोलखाका २४ वर्षीय युवराज भण्डारी, र कञ्चनपुरका २५ वर्षीय अनिल बुढा रहेका छन्।

प्रहरीका अनुसार वाइबा हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका छन् भने उनी बानेश्वर बहुमुखी क्याम्पसका स्ववियू सदस्य पनि हुन्। वाइबा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी संगठनबाट निर्वाचित भएका थिए।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूले हातमा पेट्रोल बोकी संसद भवन, प्रहरी वृत्त नयाँबानेश्वर र प्रहरी प्रभाग कोटेश्वरबाट हतियार लुटेर भिडिओ बनाउँदै अशान्ति फैलाएको आरोप लागेको छ। प्रहरीले उनीहरूलाई पक्राउ गरी लुटिएका हतियार सहित नियन्त्रणमा लिएको जनाएको छ। बरामद हतियार नेपाली सेनालाई बुझाइएको पनि प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी स्रोतका अनुसार पक्राउ परेकामाथि हाल अपराधमा संलग्नता र संगठित गतिविधिको अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय