spot_img

एसएसपी प्रकाश रानाभाटले बुझाए राजीनामा

spot_img
spot_img

काठमाडौँ,१२ कातिक ।  नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका छन्। उनी हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

प्रहरीमा सेवा प्रवेश २०५८ साउन १८ मा इन्स्पेक्टरबाट गरेका रानाभाट यसै वर्ष एसएसपीमा बढुवा भएका थिए। त्यसपछि २०८२ साउनमा प्रहरी वरिष्ठ उपरीक्षकको पदमा बढुवा भएका उनी हालै पदबाट हट्ने भएका हुन्।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार, “उहाँले राजीनामा पेस गर्नुभएको छ।”

कानुनी प्रक्रियाअनुसार एसएसपीको राजीनामा स्वीकृतिका लागि आईजीपीले निर्णय गरेपछि गृह मन्त्रालयमा पठाइन्छ र मन्त्रालयले अन्तिम स्वीकृति दिनुपर्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय