spot_img

जेन(जी) प्रदर्शनमा क्षति पुगेका २८ प्रहरी कार्यालय अझै सञ्चालनमा आएनन्

spot_img
spot_img

काठमाडौँ,१२ कातिक ।  जेन(जी) प्रदर्शनका क्रममा देशभर क्षति पुगेका ४ सय ६५ प्रहरी कार्यालयमध्ये २८ कार्यालय अझै सञ्चालनमा आएका छैनन्। प्रहरी प्रधान कार्यालयका तथ्यांकअनुसार तीमध्ये १ सय १८ पूर्ण रूपमा ध्वस्त र ३ सय ४७ आंशिक रूपमा क्षतिग्रस्त भएका थिए।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, अधिकांश क्षतिग्रस्त कार्यालय स्थानीय समुदायको सहयोगमा पुनः सञ्चालनमा आएका छन्। तर २८ प्रहरी कार्यालय भने अझै वैकल्पिक व्यवस्था वा पुनर्निर्माणको प्रक्रिया पूरा नभएकाले सञ्चालनमा आउन बाँकी रहेको छ।

क्षतिग्रस्त कार्यालयमध्ये उपत्यकाका १९, कोशी प्रदेशका ४, मधेश प्रदेशका २ र बागमती प्रदेशका ३ कार्यालय सञ्चालनमा आउन बाँकी छन्। उपत्यकामा सबैभन्दा बढी क्षति पुगेको थियो—६४ पूर्ण र १४६ आंशिक गरी कुल २१० प्रहरी कार्यालय प्रभावित भएका थिए।

घिमिरेका अनुसार, “केही कार्यालयहरू नजिकका ठूला प्रहरी कार्यालयसँग जोडिएर सेवा दिइरहेका छन् भने कसैले वैकल्पिक भवनमा सारेर सेवा जारी राखेका छन्। पूर्ण क्षति भएका भवनले पनि सेवा प्रदान गरिरहेका छन्।”

यस कदमले प्रभावित क्षेत्रमा प्रहरी सेवा निरन्तरता सुनिश्चित गर्ने प्रयासलाई अघि बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय