Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

जेन(जी) प्रदर्शनमा क्षति पुगेका २८ प्रहरी कार्यालय अझै सञ्चालनमा आएनन्

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ कातिक ।  जेन(जी) प्रदर्शनका क्रममा देशभर क्षति पुगेका ४ सय ६५ प्रहरी कार्यालयमध्ये २८ कार्यालय अझै सञ्चालनमा आएका छैनन्। प्रहरी प्रधान कार्यालयका तथ्यांकअनुसार तीमध्ये १ सय १८ पूर्ण रूपमा ध्वस्त र ३ सय ४७ आंशिक रूपमा क्षतिग्रस्त भएका थिए।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, अधिकांश क्षतिग्रस्त कार्यालय स्थानीय समुदायको सहयोगमा पुनः सञ्चालनमा आएका छन्। तर २८ प्रहरी कार्यालय भने अझै वैकल्पिक व्यवस्था वा पुनर्निर्माणको प्रक्रिया पूरा नभएकाले सञ्चालनमा आउन बाँकी रहेको छ।

क्षतिग्रस्त कार्यालयमध्ये उपत्यकाका १९, कोशी प्रदेशका ४, मधेश प्रदेशका २ र बागमती प्रदेशका ३ कार्यालय सञ्चालनमा आउन बाँकी छन्। उपत्यकामा सबैभन्दा बढी क्षति पुगेको थियो—६४ पूर्ण र १४६ आंशिक गरी कुल २१० प्रहरी कार्यालय प्रभावित भएका थिए।

- Advertisement -

घिमिरेका अनुसार, “केही कार्यालयहरू नजिकका ठूला प्रहरी कार्यालयसँग जोडिएर सेवा दिइरहेका छन् भने कसैले वैकल्पिक भवनमा सारेर सेवा जारी राखेका छन्। पूर्ण क्षति भएका भवनले पनि सेवा प्रदान गरिरहेका छन्।”

यस कदमले प्रभावित क्षेत्रमा प्रहरी सेवा निरन्तरता सुनिश्चित गर्ने प्रयासलाई अघि बढाएको छ।

ताजा समाचार

थप समाचार