spot_img

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल

spot_img
spot_img

काठमाडौँ,१२ कातिक ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालमा अब सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ–संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाललाई नयाँ मूलधारको सञ्चारमाध्यमको रूपमा स्वीकार गर्दै यसलाई बन्द नगर्ने प्रष्ट पारे। उनका अनुसार, सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबै पक्षले सहयोग गर्नुपर्नेछ।

मन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता प्रक्रिया पनि सुधार गर्ने जानकारी दिए। उनले बताए अनुसार, केही दिनभित्र मन्त्रिपरिषद्ले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि सूचना विभागबाटै अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सम्भव हुनेछ।

खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले सदैव प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय