spot_img

जेनजीसँगको वार्तामा प्रधानमन्त्रीको समय खेर जाँदैछ : दुर्गा प्रसाईं

spot_img
spot_img

काठमाडौं,१२ कातिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री शुसिला कार्की जेनजीहरूसँगको वार्तामा समय खेर फालिरहेको टिप्पणी गरेका छन्।

बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले अहिले करिब पाँच हजार जेनजी मन्त्री बन्ने लाइनमा रहेको बताए। उनका अनुसार, “जेनजीसँग वार्ता मिलाउँदै मिलाउँदै अहिले प्रधानमन्त्रीको समय खेर जाँदैछ। प्रधानमन्त्री बस्न र उठ्न नसक्ने अवस्थामा छन्।”

प्रसाईंले बालेन साहको दृष्टान्त पनि सुनाउँदै भने, साहले आफूलाई पक्राउ गर्नुपर्ने अवस्था आएको दाबी गर्दै एकदिन जोगाइदिनुपर्ने सन्देश दिएका थिए। प्रसाईंका अनुसार, “यो केवल बालेनको विचार हो, हाम्रो होइन। उनले आफ्नो घरबाट ल्याएको विचार सकारात्मक छ।”

उनले आगामी मंसिर ७ गतेदेखि हुने ‘व्यवस्था परिवर्तन’ अभियानमा कुनै किसिमको अराजकता वा हिंसा नहुने पनि स्पष्ट पारे। अभियान शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन हुने उनले बताए।

प्रसाईंले नागरिकहरूलाई शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी हुन आह्वान गर्दै, सरकारले आवश्यक व्यवस्था मिलाउन र सबै पक्षको सहकार्य सुनिश्चित गर्नुपर्ने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय