Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

ठोरीकी गर्भवती महिलाको बीरगन्ज मेट्रो सिटी हस्पिटलमा निःशुल्क सफल शल्यक्रिया

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ कातिक । पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ की मिकमार पाकरिनकी गर्भवती श्रीमती फुरिमाया दोङ्गको जटिल गर्भावस्थाका कारण बीरगन्ज मेट्रो सिटी हस्पिटल प्रा. लि.मा निःशुल्क सफल शल्यक्रिया गरिएको छ।

उनको अवस्था नारायणी अस्पतालमा गम्भीर बनेपछि रेफर गरिएको थियो। हस्पिटलले आर्थिक रुपमा कमजोर महिलाको अवस्था देखेर सम्पूर्ण उपचार, शल्यक्रिया शुल्क र औषधि खर्च निःशुल्क गरेको जनाएको छ।

शल्यक्रियापछि महिला र नवजात शिशुलाई एम्बुलेन्समार्फत घरसम्म पुर्‍याइएको थियो। हस्पिटलले नवजात शिशुको सहयोगार्थ नगद रु. ५,००० प्रदान गरेको छ भने प्रत्येक महिनामा दूधका लागि थप रु. ५,००० दिने प्रतिबद्धता जनाएको छ।

बीरगन्ज मेट्रो सिटी हस्पिटलले “सेवा नै धर्म हो” भन्ने भावनासहित असहाय र उपचार अभावमा परेका नागरिकको स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्‍याइरहेको जनाएको छ।

ताजा समाचार

थप समाचार