spot_img

ठोरीकी गर्भवती महिलाको बीरगन्ज मेट्रो सिटी हस्पिटलमा निःशुल्क सफल शल्यक्रिया

spot_img
spot_img

बीरगन्ज,१२ कातिक । पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ की मिकमार पाकरिनकी गर्भवती श्रीमती फुरिमाया दोङ्गको जटिल गर्भावस्थाका कारण बीरगन्ज मेट्रो सिटी हस्पिटल प्रा. लि.मा निःशुल्क सफल शल्यक्रिया गरिएको छ।

उनको अवस्था नारायणी अस्पतालमा गम्भीर बनेपछि रेफर गरिएको थियो। हस्पिटलले आर्थिक रुपमा कमजोर महिलाको अवस्था देखेर सम्पूर्ण उपचार, शल्यक्रिया शुल्क र औषधि खर्च निःशुल्क गरेको जनाएको छ।

शल्यक्रियापछि महिला र नवजात शिशुलाई एम्बुलेन्समार्फत घरसम्म पुर्‍याइएको थियो। हस्पिटलले नवजात शिशुको सहयोगार्थ नगद रु. ५,००० प्रदान गरेको छ भने प्रत्येक महिनामा दूधका लागि थप रु. ५,००० दिने प्रतिबद्धता जनाएको छ।

बीरगन्ज मेट्रो सिटी हस्पिटलले “सेवा नै धर्म हो” भन्ने भावनासहित असहाय र उपचार अभावमा परेका नागरिकको स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्‍याइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय