spot_img

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहरमा

spot_img
spot_img

काठमाडौँ, १२ कात्तिक । राजधानी काठमाडौँ विश्वकै चौथो सर्वाधिक प्रदूषित सहरको सूचीमा परेको छ। विश्वभरका सहरहरूको वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएअर (IQAir) का अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण स्तर १६७ एक्यूआई (Air Quality Index) मापन गरिएको हो।

यो स्तर “अस्वास्थ्यकर (Unhealthy)” श्रेणीमा पर्छ, जसले बालबालिका, वृद्ध तथा दम, मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिमपूर्ण वातावरण जनाउँछ।

सूचीमा पाकिस्तानको लाहोर ४५८ एक्यूआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। त्यसपछि भारतको दिल्ली २२६ एक्यूआईसहित दोस्रो स्थानमा, चीनको बेइजिङ २१५ एक्यूआईसहित तेस्रो स्थानमा र नेपालको काठमाडौँ १६७ एक्यूआईसहित चौथो स्थानमा परेका छन्।

विगत केही वर्षयता काठमाडौँमा निर्माण कार्य, सवारी साधनबाट निस्कने धुँवा, फोहोर व्यवस्थापनको कमजोरी र खुला ढलढक्कीका कारण वायु प्रदूषण उच्चस्तरमा पुगेको बताइँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय