Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहरमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १२ कात्तिक । राजधानी काठमाडौँ विश्वकै चौथो सर्वाधिक प्रदूषित सहरको सूचीमा परेको छ। विश्वभरका सहरहरूको वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएअर (IQAir) का अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण स्तर १६७ एक्यूआई (Air Quality Index) मापन गरिएको हो।

यो स्तर “अस्वास्थ्यकर (Unhealthy)” श्रेणीमा पर्छ, जसले बालबालिका, वृद्ध तथा दम, मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिमपूर्ण वातावरण जनाउँछ।

सूचीमा पाकिस्तानको लाहोर ४५८ एक्यूआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। त्यसपछि भारतको दिल्ली २२६ एक्यूआईसहित दोस्रो स्थानमा, चीनको बेइजिङ २१५ एक्यूआईसहित तेस्रो स्थानमा र नेपालको काठमाडौँ १६७ एक्यूआईसहित चौथो स्थानमा परेका छन्।

विगत केही वर्षयता काठमाडौँमा निर्माण कार्य, सवारी साधनबाट निस्कने धुँवा, फोहोर व्यवस्थापनको कमजोरी र खुला ढलढक्कीका कारण वायु प्रदूषण उच्चस्तरमा पुगेको बताइँदै आएको छ।

ताजा समाचार

थप समाचार