spot_img

माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुने सरकारको निर्णय

spot_img
spot_img

काठमाडौँ,१२ कातिक । सरकारले माघ ११ गते आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ। जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले दिएका छन्।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्ने निर्णय गरेको हो। यस अनुसार, २०७६ सालको निर्वाचनबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनदेखि सकिनेछ। तीमध्ये वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनु भन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन गर्नुपर्छ। राष्ट्रिय सभा सदस्यको पदावधि २० फागुनमा सकिने भएकाले कानुनी प्रक्रिया अनुसार माघ ११ गते निर्वाचनको मिति निर्धारण गरिएको हो।

सरकारले निर्वाचन प्रक्रिया समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय