spot_img

अहिले महाधिवेशनको कार्यतालिका ल्याउने समय होइन : कांग्रेस प्रवक्ता महत

spot_img
spot_img

काठमाडौँ,१२ कातिक । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीमा नयाँ नेतृत्व चाहिने भनाइमा उपनिर्वाचनमा जिम्मेवारी दिँदा अपेक्षित नतिजा नआएको टिप्पणी गरेका छन्।

बीपी चिन्तन प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई व्यङ्ग्य गर्दै भने, “पार्टीमा नयाँ अनुहार चाहियो भन्ने कुरा उपनिर्वाचनको नतिजामा स्पष्ट भयो। अहिले समय मिलेर अघि बढ्ने र निर्वाचनमा केन्द्रित हुने हो। महाधिवेशनको कार्यतालिका ल्याउने समय अहिले होइन।”

उहाँका अनुसार, पार्टी अहिले महाधिवेशनमा भन्दा आगामी निर्वाचनमा केन्द्रित भएर तयारी गर्नुपर्ने अवस्थामा छ। केन्द्रीय कार्यसमितिले महाधिवेशनको तालिका ल्याउनुपर्ने धारणा राखे पनि प्रवक्ता महतले अहिले त्यसलाई प्राथमिकता नदिइ निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने बताए।

यसै सन्दर्भमा महामन्त्री थापाले पनि पार्टीको १५औँ महाधिवेशनको तालिका सम्बन्धी छलफल जारी राख्ने संकेत गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय