spot_img

राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

spot_img
spot_img

काठमाडौँ,१२ कातिक । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, राष्ट्रपति पौडेलसहितको टोली कात्तिक १७ देखि २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जानेछ।

भ्रमणको मुख्य उद्देश्य कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ कार्यक्रममा सहभागी हुनु हो। मन्त्री खरेलका अनुसार, राष्ट्रपति पौडेल यस भ्रमणमा नेपालको प्रतिनिधित्व गर्दै सामाजिक विकासका विविध विषयमा अन्तर्राष्ट्रिय सहयोग र अनुभव आदान–प्रदान गर्नेछन्।

सरकारले यस भ्रमणलाई औपचारिक, शान्तिपूर्ण र द्विपक्षीय सम्बन्ध मजबुत गर्ने अवसरका रूपमा महत्व दिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय