Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

बिजुली काटिएपछि जगदम्बा स्टिल र सिन्थेटिक उद्योग बन्द, २८ सय कर्मचारी बिदामा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ कातिक । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम शुल्क नतिरेको भन्दै शंकर समूहअन्तर्गतका जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिक उद्योगको बिजुली काट्दा उद्योग सञ्चालन ठप्प भएको छ।

प्राधिकरणका अनुसार, जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र सिन्थेटिक उद्योगले २० करोड ५० लाख रुपैयाँ प्रिमियम शुल्क तिर्न बाँकी राखेका छन्। बिजुली आपूर्ति रोकिएपछि उद्योग सञ्चालन असम्भव बनेको र समूहका उपाध्यक्ष सुलभ अग्रवालले दुवै उद्योगका २ हजार ८ सय कर्मचारीलाई बिदामा पठाइएको जानकारी दिएका छन्। स्टिल उद्योगमा २२०० र सिन्थेटिकमा ६०० कर्मचारी कार्यरत छन्।

अग्रवालका अनुसार, प्राधिकरणले ‘विद्युत् अतिरिक्त उपभोगको प्रमाण’ पेश गर्न नसकेको दाबी गर्दै प्रयोग नगरेको महसुल तिर्नु अन्याय हुने बताएका छन्। लामो समय उद्योग बन्द रहँदा तलब–भत्ताबारे थप निर्णय पछि लिने बताए।

- Advertisement -

नेपाल विद्युत् प्राधिकरणले प्रिमियम शुल्क नतिर्ने देशभरका २५ उद्योगको लाइन काटिसकेको जनाएको छ। यसअघि पनि मासिक महसुल नतिरेको भन्दै एभरेस्ट पेपर मिलको बिजुली काटिएको थियो।

ताजा समाचार

थप समाचार