spot_img

बिजुली काटिएपछि जगदम्बा स्टिल र सिन्थेटिक उद्योग बन्द, २८ सय कर्मचारी बिदामा

spot_img
spot_img

बीरगन्ज,१२ कातिक । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम शुल्क नतिरेको भन्दै शंकर समूहअन्तर्गतका जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिक उद्योगको बिजुली काट्दा उद्योग सञ्चालन ठप्प भएको छ।

प्राधिकरणका अनुसार, जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र सिन्थेटिक उद्योगले २० करोड ५० लाख रुपैयाँ प्रिमियम शुल्क तिर्न बाँकी राखेका छन्। बिजुली आपूर्ति रोकिएपछि उद्योग सञ्चालन असम्भव बनेको र समूहका उपाध्यक्ष सुलभ अग्रवालले दुवै उद्योगका २ हजार ८ सय कर्मचारीलाई बिदामा पठाइएको जानकारी दिएका छन्। स्टिल उद्योगमा २२०० र सिन्थेटिकमा ६०० कर्मचारी कार्यरत छन्।

अग्रवालका अनुसार, प्राधिकरणले ‘विद्युत् अतिरिक्त उपभोगको प्रमाण’ पेश गर्न नसकेको दाबी गर्दै प्रयोग नगरेको महसुल तिर्नु अन्याय हुने बताएका छन्। लामो समय उद्योग बन्द रहँदा तलब–भत्ताबारे थप निर्णय पछि लिने बताए।

नेपाल विद्युत् प्राधिकरणले प्रिमियम शुल्क नतिर्ने देशभरका २५ उद्योगको लाइन काटिसकेको जनाएको छ। यसअघि पनि मासिक महसुल नतिरेको भन्दै एभरेस्ट पेपर मिलको बिजुली काटिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय