spot_img

स्वस्तिक डेन्टल क्लिनिकको उद्घाटन

spot_img
spot_img

वीरगंज, १२ कार्तिक-  वीरगंजमा स्वस्तिक डेन्टल क्लिनिक औपचारिक रूपमा सञ्चालनमा आएको छ। वीरगंज महानगरपालिका–१३, अदालत रोडमा सञ्चालनमा आएको उक्त क्लिनिकको एक कार्यक्रमका बीच राजेन्द्र प्रसाद चौरसियाले उद्घाटन गरेका हुन्।

क्लिनिकमा एमडीएस डा. राजेन्द्र प्रसाद राउतबीडीएस डा. सरिता राउत चौरसियाले सेवा प्रदान गर्नेछन्। क्लिनिककी संचालक समेत रहेकी डा. सरिता राउत चौरसिया हाल पोखरिया अस्पतालमा पनि कार्यरत छिन्।

उनका अनुसार क्लिनिकबाट दाँतसम्बन्धी सबै प्रकारका रोगहरूको सफल उपचार गरिनेछ। उनले दाँतको सामान्य हेरचाहदेखि लिएर जटिल रोगसम्मको उपचार अत्याधुनिक मेसिन र प्रविधिबाट गरिने जानकारी दिइन्।

उद्घाटन समारोहमा पूर्व सांसद जयप्रकाश थारू, कालिकामाई गाउँपालिका–२ का वडा अध्यक्ष सोनालाल चौरसिया, तथा डा. चौरसिया परिवारका सदस्यहरू लगायतको उपस्थिती रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय