Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

चक्रवात ‘मोन्था’को प्रभावः चार प्रदेशमा भारी वर्षाको सम्भावना

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ कार्तिक । अरब सागर र बंगालको खाडीमा विकसित शक्तिशाली मौसमी प्रणाली ‘मोन्था’को प्रभाव नेपालमा समेत परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु, अरब सागरको न्यून चापीय प्रणाली र चक्रवात ‘मोन्था’को संयुक्त प्रभावका कारण देशभर बदली र वर्षा भइरहेको छ।

आज बिहानैदेखि देशका अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा हिमपात समेत सुरु भएको महाशाखाले जनाएको छ। दिउँसो र राति पनि यी प्रदेशहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा, र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुन सक्ने सम्भावना छ।

- Advertisement -

मौसमविद्हरूले कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र कोशी, बागमती तथा गण्डकीका हिमाली भूभागमा भारी हिमपातको चेतावनी दिएका छन्।

महाशाखाले पहाडी र हिमाली क्षेत्रका बासिन्दा, यात्रु तथा किसानलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहनु आवश्यक रहेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार, अरब सागर र बंगालको खाडीमा सक्रिय मौसमी प्रणालीको असरले पूर्वी र मध्य नेपालमा वर्षा र हिमपातका गतिविधि आगामी केही दिनसम्म जारी रहने सम्भावना छ।

ताजा समाचार

थप समाचार