spot_img

निजी अस्पताल र नर्सिङ संस्थाका नर्सहरू आन्दोलनमा, दुई घण्टा सेवा बन्द

spot_img
spot_img

काठमाडौं । सरकारी सरह पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै निजी अस्पताल र नर्सिङ शिक्षण संस्थामा कार्यरत नर्सहरूले बुधबार देशव्यापी आन्दोलन गरेका छन्। नेपाल नर्सिङ संघको नेतृत्वमा भएको यस आन्दोलनमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा रोकिएको थियो।

नर्सहरूले आफ्ना कार्यस्थलको प्रांगणमा भेला भई नाराबाजीसहित विरोध प्रदर्शन गरे। उनीहरूले सरकारलाई बुझाएको १५ बुँदे मागपत्रमा नर्सिङ पेशाको सम्मान र सुरक्षाको सुनिश्चितता, सरकारी सरह तलब–भत्ता, जोखिम भत्ता, अतिरिक्त सेवाको अलग पारिश्रमिक, दरबन्दी र बढुवाको स्पष्ट व्यवस्था लगायतका माग समावेश छन्।

त्यस्तै, नर्सहरूले दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकको रूपमा होइन, स्वास्थ्य ऐनअन्तर्गत दक्ष स्वास्थ्य पेशेवरको रूपमा मान्यता दिनुपर्ने माग समेत गरेका छन्। साथै, कार्यस्थलमा हुने दुर्घटना वा जोखिममा उचित क्षतिपूर्ति, नीति निर्माणमा समान सहभागिता, र स्थायी विज्ञापनमार्फत पदपूर्तिको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै निजी अस्पताल र संस्थाहरुलाई सरकारी सरहभन्दा कम पारिश्रमिक नदिन आग्रह गरेको छ। तर नर्सहरूले अघिल्ला पटकका जस्तै आग्रहमा मात्रै सीमित हुने होइन, माग पूरा नभएसम्म आन्दोलन निरन्तर चल्ने चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय