Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.3 C
Birgunj
spot_img

नर्सका माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले नर्सहरूको जायज मागप्रति समर्थन जनाउँदै उनीहरूको सम्मान, सुरक्षा र पेशागत अधिकार सुनिश्चित नगरी जनस्वास्थ्य सेवा प्रणाली सुदृढ हुन नसक्ने बताएका छन्।

प्रचण्डका अनुसार झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको अभाव, अत्यधिक कार्यदबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको कमी, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याबाट ग्रस्त छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “देशभरका नर्सहरू आफ्नो अधिकारका लागि सडकमा छन्। उनीहरूको सम्मान र सुरक्षाको ग्यारेन्टी नगरी जनस्वास्थ्य प्रणाली बलियो बन्न सक्दैन। त्यसैले सरकारले तत्काल नर्सहरूको माग सम्बोधन गर्नुपर्नेछ।”

प्रचण्डले नर्सलाई स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा व्याख्या गर्दै आफ्नो पार्टी माओवादी केन्द्र नर्सहरूको आन्दोलन र मागप्रति ऐक्यबद्ध रहेको स्पष्ट पारेका छन्।

ताजा समाचार

थप समाचार