Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको उडान सेवा अवरुद्ध

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ कात्तिक । आज बिहीबार बिहानैदेखि देखिएको प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा नराम्ररी प्रभावित भएको छ ।

कम भिजिविलिटी (भिजिबिलिटी) का कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरू काठमाडौंमा अवतरण गर्न नसकेर छिमेकी मुलुकका विमानस्थलतर्फ ‘डाइभर्ट’ भएका छन् । नेपाल एयरलाइन्सको दोहाबाट आएको जहाजलाई नयाँदिल्ली, भारततर्फ डाइभर्ट गरिएको छ। एयर इन्डियाको दिल्लीबाट काठमाडौं आएको जहाजलाई लखनऊ, भारतमा उतारिएको छ ।

दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजसमेत काठमाडौंमा अवतरण गर्न नसकेपछि दिल्ली नै फर्काइएको छ । विमानस्थलका अधिकारीहरूका अनुसार कम भिजिबिलिटीका कारण जहाजहरू निर्वाध रूपमा उडान–अवतरण गर्न नसकेपछि डाइभर्ट गर्नुपरेको हो ।

- Advertisement -

अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । आज बिहानको समयमा विशेषगरी लुक्लातर्फका निर्धारित उडानहरू खराब मौसमका कारण रद्द गरिएका छन् । मौसममा सुधार नआएसम्म उडान तालिका थप प्रभावित हुनसक्ने भएकाले विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

ताजा समाचार

थप समाचार