spot_img

सिंहदरबारमा मन्त्री गुप्तासँग जेन–जि पर्सा टिमको भेट

spot_img
spot_img

बीरगन्ज,१३ कात्तिक । पर्साका जेन–जि पुस्ताका युवाहरूले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग सिंहदरबारमा भेट गरी खेलकुद पूर्वाधार विकास र युवासम्बन्धी नीतिमा सुधारका माग राखेका छन्।

जेन–जि पर्सा टिमका प्रतिनिधिहरूले मन्त्री गुप्तालाई बधाई दिँदै लिखित मागपत्र बुझाएका थिए। सो मागपत्रमा वीरगन्जस्थित ऐतिहासिक नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रको रूपमा विकास गर्न जोड दिइएको छ।

युवाहरूले मागपत्रमार्फत प्रत्येक स्थानीय तहमा आधुनिक खेलमैदान निर्माण, खेलकुद एकेडेमी र छात्रवृत्ति कार्यक्रम सञ्चालन, योग्यताका आधारमा पारदर्शी नियुक्ति प्रक्रिया लागू गर्न तथा स्थानीय स्तरमा युवा क्लब गठनमार्फत युवाको सहभागिता बढाउन सुझाव दिएका छन्।

भेटका क्रममा मन्त्री गुप्ताले युवाहरूका मागहरू ध्यानपूर्वक सुन्नुहुँदै नारायणी रंगशालाबारे सकारात्मक पहल भइरहेको जानकारी दिनुभयो। उहाँले खेलकुद पूर्वाधार र युवा सशक्तिकरणका कार्यक्रमहरूमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो।

जेन–जि पर्सा टिमका प्रतिनिधि अनिल कुमार साह, विशेष साह, रणधिर कुमार बर्णवाल र युवराज मुखियाले यो भेटले पर्सा मात्र होइन, देशभरका युवामा नयाँ ऊर्जा र आशाको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय