spot_img

कलैया उपमहानगरपालिकाको मोटरसाइकल चोरी

spot_img
spot_img

वीरगन्ज,१३ कात्तिक । बारा जिल्लाको सदरमुकाम कलैया बजार क्षेत्रमा पछिल्ला दिनहरूमा चोरीका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले स्थानीय प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। यसै क्रममा, उपमहानगरपालिकाकै सरकारी सम्पत्ति चोरी हुँदा आम नागरिकमाझ निराशा फैलिएको छ।

गत कात्तिक १२ गते राति करिब ९ः३५ बजेको समयमा कलैया उपमहानगरपालिका–१, पानिटंकी एरियास्थित ऐन सेल सेन्टर अफिसको घर सामने गल्लिमा पार्किङ गरिएको मोटरसाइकल चोरी भएको हो। चोरी भएको उक्त सवारी कलैया उपमहानगरपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ व ३५६५ नम्बरको कालो÷रातो रङ्गको बजाज पल्सर रहेको बुझिएको छ।

यो मोटरसाइकल रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको निवास अगाडि पार्किङ गरिएको थियो। कलैया बजार क्षेत्र, जहाँबाट यो चोरीको घटना भएको छ, त्यो स्थान जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय जस्ता प्रमुख प्रशासनिक र सुरक्षा निकायबाट निकै नजिक पर्छ। सुरक्षा केन्द्रको यति नजिकै, रातिको समयमा उपमहानगरकै मोटरसाइकल चोरी हुनुले चोरहरूको मनोबल बढेको स्पष्ट संकेत गर्दछ।

चोरीको घटना दिनप्रतिदिन बढ्दै जाँदा पनि प्रहरी प्रशासनबाट नियन्त्रणका लागि ठोस कदम नचालिएको भन्दै स्थानीय आम जनतामा निराशा छाएको छ। सुरक्षाको प्रत्याभूति दिनुपर्ने निकायहरू आफैँ असुरक्षित महसुस हुने गरी सार्वजनिक सम्पत्ति चोरी हुन थालेपछि सदरमुकामवासीले आफ्नो जिउधनको सुरक्षाको माग गरेका छन्। यो घटनाले कलैयाको व्यस्त बजार क्षेत्रमा सुरक्षा गस्ती र निगरानीको अपर्याप्तता उजागर गरेको छ, जसलाई तत्काल सुधार गर्न आवश्यक देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय