spot_img

अब सुरक्षण मुद्रण केन्द्रले १२ लाख सवारी लाइसेन्स छाप्ने

spot_img
spot_img

काठमाडौँ,१३ कात्तिक । लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाएर सास्ती भोगिरहेका सेवाग्राहीहरूलाई राहत दिने उद्देश्यले सरकारले महत्त्वपूर्ण कदम चालेको छ ।

अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमतिपत्र ९स्मार्ट कार्ड० को छपाइ गर्ने भएको छ । यस सम्बन्धमा बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। विभागका निर्देशक नरहरि तिवारीका अनुसार, केन्द्रले तत्कालका लागि पुरानो ब्याकलॉगमा रहेको करिब २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको छ ।

केन्द्रले आगामी ३ देखि ६ महिनाभित्र यी १२ लाख लाइसेन्स छापेर वितरण गर्ने योजना बनाएको छ । केही प्राविधिक कुराहरू मिलाउन बाँकी रहे पनि छपाइको सम्भवतः एक हप्ताभित्रै सुरु हुने निर्देशक तिवारीले जानकारी दिए । विभागले तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राही र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर वितरण गर्ने जनाएको छ ।

वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिने सेवाग्राहीका लागि केन्द्रले दैनिक ५०० लाइसेन्स छापेर तुरुन्त उपलब्ध गराउने सहमति भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय