Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

गठबन्धन विस्तारसँगै मधेसका मुख्यमन्त्री सोनलको चुनौती : स्थायित्व र सुशासन दुवैको परीक्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ कातिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले सत्ता गठबन्धनको दायरा विस्तार गरेका छन् । सुरुवातमा पाँच दलको समर्थनमा सरकार गठन गरेका सोनलले हालै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई पनि गठबन्धनमा भित्र्याएका छन् ।

कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा रहेका सोनललाई अहिले संख्यात्मक बहुमतको समस्या त छैन, तर राजनीतिक सन्तुलन कायम राख्नु उनको मुख्य चुनौती बनेको छ । सत्ता साझेदारी, मन्त्रालय भागबण्डा र विकास योजनाको प्राथमिकतामा हुने मतभेदले गठबन्धन अस्थिर बनाउन सक्ने चिन्ता दलहरूभित्र छ ।

प्रदेशसभामा प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त शक्ति बलियो बनेको छ । यी दलहरू अवसर मिल्नेबित्तिकै नयाँ सत्ता समीकरण बनाउन सक्रिय हुने संकेत दिइरहेका छन् । कांग्रेसका नेताहरूले मुख्यमन्त्रीको विश्वासको मतपछि रणनीति सार्वजनिक गर्ने बताएका छन् ।

त्यसैगरी, जनमत पार्टीभित्रको विभाजनले पनि प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउन सक्छ । प्रदेश प्रमुख र सभामुख फरक पृष्ठभूमिका भएकाले सत्ता सञ्चालनमा थप चुनौती देखिएको छ ।

सोनलका लागि अर्को ठुलो परीक्षा भनेको सुशासन र पारदर्शिताको हो । विगतका सरकारहरू भ्रष्टाचार र अनियमितताका कारण आलोचित भएका थिए । जेनजी आन्दोलनपछि जनतामा सुशासनप्रति उच्च अपेक्षा छ, जसको कारण अहिले सरकारको हरेक निर्णय जनताका आँखामा छ ।

संघीय सरकारले खर्च कटौती गरेकोले प्रदेशमा प्रशासनिक असन्तुष्टि बढेको छ । करार कर्मचारी कटौती र आर्थिक संकटबीच सोनलले राजनीतिक स्थायित्व र वित्तीय व्यवस्थापन दुवै सन्तुलन गर्नुपर्नेछ ।

राजनीतिक विश्लेषकहरू भन्छन्  अब सोनलका लागि ‘संख्या जुटाउनु’ भन्दा ठूलो कुरा ‘विश्वास जोगाउनु’ हो । भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सके उनले मधेसमा नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्न सक्छन् ।

ताजा समाचार

थप समाचार