Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

बाढी पहिरोका कारण केही राजमार्ग अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ कातिक । देशभर सक्रिय बनेको मनसुनका कारण बाढी र पहिरोले प्रमुख राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ भने मेची र वीपी राजमार्गमा समेत यातायात आंशिक रूपमा प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ का कारण कोशी प्रदेशका धेरै क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेको छ । यसैबीच, निरन्तर वर्षाका कारण धेरै ठाउँमा बाढी र पहिरोका घटनाहरू बढेका छन् ।

सुरक्षाका दृष्टिले इलाम जिल्लाभित्र मेची राजमार्गमा बिहीबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्म यो प्रतिबन्ध जारी रहने जनाएको जिल्ला प्रशासनले बताएको छ ।

कोशी प्रदेशको सङ्खुवासभा जिल्लास्थित भोटखोला गाउँपालिकाको बरुणखोलामा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध गरेको छ । काभ्रेको रोशी गाउँपालिकास्थित माम्तीखोला, डालाबेसी र बुल्ढुंगाललगायत स्थानहरूमा पनि पहिरो खसेपछि वीपी राजमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएको छ ।

त्यसैगरी, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चिन जोड्ने मितेरी पुल बगाउँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । सो पुल अवरुद्ध भएपछि उक्त नाका २०८२ असार २४ गतेदेखि नै सञ्चालनमा आउन सकेको छैन ।

प्रहरीले यात्रुहरूलाई जोखिमपूर्ण समयसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सडक अवस्थाबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।

ताजा समाचार

थप समाचार