Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

देशभर ६ लाख २०...

काठमाडौं,०३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै...

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

बारामा टाटा सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया, १३ कात्तिक । बारामा टाटा सुमोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका वडा नं। २, मुसहरीस्थित रामपुर टोकनीबाट लिपनी तर्फ जाँदै गरेको ना १ ज ७३७३ नम्बरको टाटा सुमोले पैदल यात्रीलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुने व्यक्ति परवानीपुर–२ का ६५ वर्षीय गौरी शंकर साह हुन्। ठक्करसँगै सुमो बिजुलीको पोलमा पनि ठोकिँदा पोल भाँचिएको प्रहरीले जनाएको छ।

सुमो चालक, प्रसौनी गाउँपालिका–७ का २२ वर्षीय राजन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ।

घटनास्थलबाट शव प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टमका लागि पठाइएको छ भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार

थप समाचार