spot_img

महोत्तरीमा बालिकाको मृत्युपछि स्थानीयले सडक अवरुद्ध

spot_img
spot_img

महोत्तरी, १३ कात्तिक । महोत्तरीको औरही नगरपालिका–४, कटुधारमा मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिका शिवानी यादवको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

बुधबार अपरान्ह गोविन्द यादवकी छोरी शिवानी साइकलमा जाँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

दोषी चालकलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयवासीले आज बिहान ११ बजेदेखि कटुधार खण्डको हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए। डिएसपी भट्टका अनुसार मोटरसाइकल चालक कालो ज्याकेट लगाएको व्यक्ति रहेको बताइएको छ र प्रहरीले उनको खोजतलास जारी राखेको छ।

स्थानीयवासी र प्रहरी प्रशासनबीच वार्ता पनि भएको थियो। मृतक परिवार र स्थानीय प्रतिनिधिहरूले दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही अघि बढाउने प्रहरीको प्रतिबद्धता पाएपछि मात्र सडक खोल्न तयार भएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय