spot_img

विद्युतीय अपराध मुद्दामा फरार खगेन्द्र सुनार ५० हजार धरौटीमा रिहा

spot_img
spot_img

काठमाडौं, १३ कात्तिक । विद्युतीय कारोबार (साइबर) कसूरसम्बन्धी मुद्दामा फरार रहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा आज दिउँसो बयान र थुनछेक बहस सकिएलगत्तै आदेश जारी गरिएको हो।

अधिवक्ता मनीषा गौतमले सामाजिक सञ्जालमा गालीगलौज गरेको आधारमा सुनारविरुद्ध विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्। सुनारमाथि पक्राउ पुर्जी गत साउन ५ गते जारी गरिएको थियो, तर उनी लामो समय फरार थिए।

अदालतको आदेशअनुसार सुनारले धरौटी बुझाएपछि तारेखमा रिहा हुनेछन् र मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय