spot_img

बीपी राजमार्ग आज र भोली राति बन्द

spot_img
spot_img

काठमाडौं, १३ कात्तिक । सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग आज र भोलि राति ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा लगातार भारी वर्षा हुने अनुमान गरेको जानकारी दिइसकेको छ। प्रशासनका अनुसार, सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिम तथा मानवीय–भौतिक क्षति हुन नदिन यो कदम आवश्यक देखिएको हो।

बन्द अवधिमा खुर्कोटबजारदेखि सिन्धुली हुँदै काठमाडौं जाने मार्गमा सवारी साधनको आवागमन निषेध हुनेछ। दिउँसो पनि अत्यधिक वर्षा भएमा सुरक्षा निकायले सवारी साधनलाई सुरक्षित स्थानमा रोक्ने व्यवस्था गर्नेछन्।

प्रशासनले बीपी राजमार्ग र अन्य मध्यपहाडी मार्गमा वर्षा भइरहँदा सवारी साधन चलाउन नगर्न यात्रु र चालकहरूलाई विशेष अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय