spot_img

अब्दुल खान रेशम चौधरीको नयाँ पार्टीमा प्रवेश

spot_img
spot_img

काठमाडाैं, १३ कात्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष अब्दुल खान रेशम चौधरीले दर्ता गर्न लागेको नयाँ राजनीतिक दलमा प्रवेश गरेका छन्।

खान, पूर्व प्रवक्ता शरद सिंह यादवसहित सात जना नेता जेनजी आन्दोलनपछि पार्टीभित्रको असन्तुष्टिका कारण जनमत पार्टी छाडेका थिए। खानले डा। राउतलाई २४ घण्टे अल्टिमेटम दिएका थिए, तर माग पूरा नभएपछि उनीहरू पार्टीबाट अलग भएका हुन्।

नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नेपाल) को दर्ता प्रक्रियामा खानले रेशम चौधरीसँगै निर्वाचन आयोगमा उपस्थित भई साथ दिएका छन्। चौधरीले आफ्नी श्रीमती रञ्जिता श्रेष्ठसँगको विवादको पृष्ठभूमिमा यो नयाँ पार्टी गठन गरेका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, खानको नयाँ दलमा प्रवेशले मधेस र पश्चिम तराईका साना राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको संकेत देखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय