spot_img

पर्साका सिडिओ तोयनारायण सुवेदीलाई बिदाई

spot_img
spot_img

वीरगन्ज,१३ कात्तिक । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीलाई बिहीबार एक विशेष समारोहका बीच बिदाई गरिएको छ। घडीर्अवा छठपूजा व्यवस्थापन समिति, श्रीराम जानकी मन्दिर संघर्ष समिति र घडीर्अवा स्पोर्ट क्लबले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममार्फत सिडिओ सुवेदीलाई बिदाई गरेको हो।

कार्यक्रमका क्रममा समितिहरूका प्रतिनिधिहरूले सुवेदीलाई खादा ओढाई र मायाको चिनो प्रदान गर्दै पर्सा जिल्लामा रहँदा उहाँले गरेका प्रशासनिक नेतृत्व, जनसहभागिता र विकासात्मक पहलको प्रशंसा गरेका थिए।

घडीर्अवा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाको प्रशासनिक सुशासन, शान्ति सुरक्षाको सुदृढीकरण र धार्मिक–सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहयोग पुर्‍याएको बताउँदै उहाँको कार्यकाल स्मरणीय रहेको प्रतिक्रिया दिए।

कार्यक्रममा सहभागी स्थानीय समाजसेवी दिलिप साह कुन लगायत नागरिक समाजका सदस्यहरूले पनि सिडिओ सुवेदीको आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय