Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

गौरबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, ३३ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन, १४ कात्तिक । रौतहटकाे गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगल क्षेत्रमा आज बिहान दुर्घटनाग्रस्त हुँदा ३३ जना यात्रु घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनापछि तत्काल उद्धारकार्य गरी घाइतेहरूलाई चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ । उनका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ र कसैको ज्यान जाने अवस्था छैन ।

दुर्घटनामा परेका बस (ना ५ ख ५८७४) गौरबाट काठमाडौँतर्फ गइरहेको थियो । बिहान करिब ५:३० बजे टिकौली जंगलको घुम्ती नजिक चालकको नियन्त्रण गुम्दा बस सडक छेउमा पल्टिएको बताइएको छ । बसमा करिब ४५ जना यात्रु सवार थिए ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरूले संयुक्त रूपमा उद्धारकार्य सञ्चालन गरेका थिए । दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गको सो खण्ड केही समय अवरुद्ध भएको भए पनि अहिले दुवैतर्फको सवारी आवागमन पुनः सामान्य बनेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

थप समाचार