spot_img

इन्टरपोल महासभा प्रतिनिधित्व गर्न एआईजी अधिकारी मोरक्को जाँदै

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मोरक्कोमा हुने ९३औं इन्टरपोल महासभामा सहभागी हुन सरकारले स्वीकृति प्रदान गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अनुमोदन गरेको हो।

महासभा आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुँदैछ। यो सम्मेलनमा विश्वभरका प्रहरी अधिकारीहरू सहभागी भई अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, साइबर अपराध, मानव तस्करी र सूचना आदान–प्रदान प्रणाली सुधारका विषयमा छलफल गर्नेछन्।

यसअघि इन्टरपोल महासभामा नेपालबाट प्रायः प्रहरी महानिरीक्षक (आईजीपी) नै सहभागी हुँदै आएका थिए। तर, हालका आईजीपी चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते अनिवार्य अवकाशमा जान लागेकाले यसपटक एआईजी अधिकारीलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दिइएको हो।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि आईजीपी खापुङ २६ कात्तिकको मध्यरातदेखि अवकाशमा जानेछन्। त्यसका दुई सातापछि हुने इन्टरपोल महासभाका लागि सरकारले एआईजी अधिकारीलाई नेपालको तर्फबाट आधिकारिक प्रतिनिधि बनाउने निर्णय गरेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय